लिभरपुललाई पछि पार्दै आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा

इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा ब्रेन्टफोर्डलाई २–१ गोल अन्तरले हराउँदै आर्सनल लिभरपुललाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो । 

अब आर्सनलको २८ खेलबाट ६४ अंक भएको छ । दोस्रो स्थानमा झरेको लिभरपुलको २७ खेलबाट ६३ अंक रहेको छ । आज म्यानचेस्टर सिटीलाई हराउन सके लिभरपुल फेरि शीर्ष स्थानमा फर्किनेछ ।  

लिभरपुल

यदि बराबरीमा रोकिए ऊ दोस्रो स्थानमा कायमै रहनेछ । शनिबार राति ब्रेन्टफोर्डमाथि २–१ को जित निकाल्दा आर्सनलका लागि डेकलन राइस र काभई हार्भेट्जले एक–एक गोल गरे । ब्रेन्टफोर्डका लागि योआन विस्साले एक गोल फर्काए ।

१९ औं मिनेटमा बेन ह्वाइटको पासमा राइसले हेडर गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । पहिलो हाफको इन्जुरी टाइममा आर्सनलका गोलरक्षक एरन राम्सडेलले क्लियर गर्न नसकेको बलमा विस्सालाई लागेर गोल भएपछि  खेल एक–एकको बराबरीमा आएको थियो । 

८६ औं मिनेटमा ह्वाइटको पासमा हार्भेट्जले गोल गरेपछि अन्ततः आर्सनल २–१ को नतिजाका साथ शीर्ष स्थानमा पनि उक्लन सफल भयो ।



प्रिमियर लिगअन्तर्गत वुल्भ्सले फुलहमलाई २–१ गोल अन्तरले पराजित गरेको छ । त्यस्तै, म्यानचेस्टर युनाइटेडले एभर्टनमाथि २–० को सहज जित निकाल्दा बर्नमाउथ र सेफिल्ड युनाइटेडले २–२ गोलको बराबरी खेले । यस्तै, क्रिष्टल प्यालेस र लुटन टाउनले पनि एक–एक गोलको बराबरी खेल्दै एक–एक अंक लिए । 



प्रिमियर लिगअन्तर्गत आज चारवटा खेल हुँदै छन् । नेपाली समय अनुसार पौने ७ बजे एस्टन भिल्ला र टोटनहम भिड्दा पौने ८ बजे ब्राइटन र नटिङ्घम फरेस्ट र वेस्टह्याम तथा बर्न आमनेसामने हुनेछन् । यस्तै, राति साढे ९ बजे लिभरपुल र म्यानचेस्टर सिटीको खेल हुनेछ । 

  • प्रकाशित मिति : फागुन २७, २०८० आइतबार ७:२६:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया