logo-img

कांग्रेस सांसद शर्माको चुनौती : एमालेले बजेटको सिद्धान्त र प्राथमिकता पुनर्लेखन गरेर देखाओस्

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद युवराज शर्माले आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकता पुनर्लेखन गरेर देखाउन सत्तारुढ गठबन्धनलाई चुनाैती दिएका छन् ।   

आइतबार राष्ट्रियसभा बैठकमा सो विधेयकमाथिको छलफलमा भाग लिँदै उनले प्रतिपक्षमा रहँदा एमाले सांसदले सो विधेयक पुनर्लेखन गर्नुपर्छ भनेकाले सोही मान्यताअनुसार अघि बढ्नुपर्ने बताएका हुन् । 

सांसद शर्माले नयाँ सत्तासमीकरण भत्काउने खेल भइरहेको भन्ने काम सत्तारुढ दलहरुबाटै आएको उल्लेख गर्दै ती शक्ति किटान गर्न पनि आग्रह गर्नुभयो । उहाँले माओवादी केन्द्रले सत्ता राजनीतिमा पनि बालहठ देखाइरहेको आरोप पनि लगाए । 

‘तत्कालीन माननीय अर्थमन्त्री प्रकाशशरण महतले विनियोजन विधेयक, २०८१ सदनमा प्रस्तुत गरेपछि यो ठीक भएन, पुनर्लेखन गर्नुपर्छ भनि एमाले पार्टीका सांसद मित्रहरूले उठाएका आवाज मेरो कानमा आज पनि ठोक्किइरहेको छ । आज म स्वयं यस रोस्टममा उभिएर सक्नुहुन्छ भने पुनर्लेखन गर्नुहोस् भनेर आग्रह गर्न चाहन्छु,’ शर्माले भने ।  

उनले संविधान मिच्ने र त्यसको विरोधमा सडक आन्दोलन गर्नेहरूबीचको नयाँ सत्ता समीकरणले आफूहरू अचम्ममा परेको पनि बताए । 





  • प्रकाशित मिति : फागुन २७, २०८० आइतबार १४:३:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया