logo-img

हब इन्टरनेशनलको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौंको हात्तिसारमा रहेको हब इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

हरेक वर्ष रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको हब इन्टरनेशनल एजुकेशनले यस वर्ष लाइन्स क्लब अरनिको र लाइन्स क्लब अनेकासँगको सहकार्यमा आइतबार रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

हात्तिसारस्थित द नेपाल हाउसको परिधिमा आयोजित रक्तदान कार्यक्रममा सहभागी ६२ जनाले रक्तदान गरेका छन् । जसबाट ६२ प्वाइन्ट रगत संकलन गरिएको छ ।

हिमाल हस्पिटलको ब्लड बैंकको साझेदारीमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको हब इन्टरनेशनल एजुकेशनले जनाएको छ ।



बिहान ११ बजेदेखि सुरु भएको उक्त रक्तदान कार्यक्रममा विभिन्न क्षेत्रमा आबद्ध व्यक्तिले रक्तदान गरेका छन् । रक्तदान गर्ने सम्पूर्णलाई प्रमाणपत्र वितरणसमेत गरिएको थियो ।

रगत आवश्यक पर्ने व्यक्तिलाई सहज रूपमा रगत उपलब्ध होस् भन्ने हेतुले हबले हरेक वर्ष रक्तदान कार्यक्रमको आयोजना गर्र्दै आएको छ । आगामी वर्षहरूमा पनि यो कार्यक्रमलाई निरन्तरता दिने हब इन्टरनेशनल एजुकेशनका अध्यक्ष उद्धव खड्काले बताए ।



  • प्रकाशित मिति : फागुन २७, २०८० आइतबार १९:२७:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया