logo-img

एमाले गोरखाको अध्यक्षमा सुरेन्द्र थापा निर्वाचित

नेकपा एमाले गोरखाको अध्यक्षमा सुरेन्द्रबहादुर थापा निर्वाचित भएका छन् । निवर्तमान कमिटीका उपाध्यक्ष कृष्ण नेपालीलाई ७५ मतले हराउँदै उनी आठौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका हुन् ।   

निर्वाचित थापाले २८० तथा पराजित नेपालीले २०५ मत ल्याए । यस्तै, उपाध्यक्षमा मेनबहादुर अधिकारी निर्वाचित भएका छन् । अधिकारीले २७० मत ल्याए । यस्तै, कमल दानीले १२१ र कृष्ण काप्रीले ७१ मत प्राप्त गरे ।

सचिवमा काजिराम रोका निर्वाचित भए । उनले ३५३ मत ल्याए । रोकाका प्रतिस्पर्धी उपेन्द्र देवकोटाले १०५ मत प्राप्त गरे । उपसचिवमा खुलातर्फ मनोज जोशी निर्वाचित भए ।

उनले २६५ मत प्राप्त गर्दा अर्का प्रत्यासी विष्णु पन्तले ११४ र सञ्जित श्रेष्ठले ६७ मत ल्याए । यस्तै, महिला उपसचिवमा शान्ति चापागाईं निर्वाचित भइन् । उनले ३२० मत प्राप्त गर्दा पराजित नानीमाया थापाले १५० मत मात्र ल्याइन् । 





  • प्रकाशित मिति : फागुन २८, २०८० साेमबार ९:१३:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया