logo-img

‘प्रचण्डका भाइ’बारे ओली : सदस्य बनाउँदा विराेधमा भाषण ठोके, अध्यक्षमा आफैँले काँधमा बोके (भिडियाेसहित)

अहिले सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिएका नारायण दाहाल चर्चाको केन्द्रमा छन् । यसअघि पटक–पटक परिवारवादमा चुर्लुम्म डुबेको आरोप खेप्दै आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नातामा आफ्नै भाइ पर्ने नारायण दाहाललाई सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय सभा अध्यक्षको उम्मेदवारमा पठाएपछि उनी चर्चाको केन्द्रमा आएका हुन् । 

दाहाल ०७८ चैत २५ गते तत्कालीन सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रिय सभाको सदस्य पदमा मनोनीत भएका थिए ।

माओवादी अध्यक्ष प्रचण्डका नातामा भाइ पर्ने नारायणलाई राष्ट्रिय सभामा पठाएको भन्दै प्रचण्डका वर्तमान सत्तासहयात्री एमालेका अध्यक्ष केपी शर्मा ओलीले राम्रै कटाक्ष गरेका थिए । (भिडियोमा) 

त्यसबेला ओलीले बोलेको भाषण फरकधारले प्रसारण गरेको थियो । अहिले उनै ओलीको सहयोगमा तिनै नारायणलाई प्रचण्डले राष्ट्रिय सभा अध्यक्ष बनाउने निश्चित भएपछि फरकधारको उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।  

दुई वर्षअघि ओलीले प्रचण्डका भाइबारे यसाे भनेका थिए–



नारायणकमल दाहाल एउटा अच्छा खास्सा गुरिल्ला हुनुहुन्थ्यो, उहाँलाई राजदूत नियुक्त गरियो (बीचमा कसैले सम्झाइदिन्छ– राष्ट्रिय सभामा नियुक्त गरियो ।) सच्याउँदै उनी भन्छन्– ए राष्ट्रिय सभामा । राष्ट्रिय सभामा राष्ट्रपतिबाट नियुक्त गर्ने कोटा, त्यसमा उहाँलाई राष्ट्रिय सभामा लगियो । यत्रो विघ्न घाइतेहरू छन्, यत्रो विघ्न सहिदका परिवार छन्, यत्रो विघ्न आन्दोलन गरेका मान्छेहरू छन्, दुःख पाएका मान्छेहरू छन्, अपांगता भएका व्यक्तिहरू छन्, शरीरमा गोली लिएर हिँडिरहेका व्यक्तिहरू छन्, जनयुद्धका नाममा ज्यान हत्केलामा राखेर मौकाले बचेका मान्छेहरू छन्, ती सबै मान्छेहरूलाई पन्छाएर, तिनलाई छोडेर, तिनलाई अनादर र उपेक्षा गरेर आफ्नै भाइलाई राष्ट्रिय सभा सदस्य बनाउने बुद्धि ! मति, क्रियाकलाप हिजो फेरि भयो, हेर्दाहेदै । देश बनाउने कुरा देश यिनका मनमा छैन । खाली दुइटा मात्रै उदाहरण मैले भनेँ ।



  • प्रकाशित मिति : फागुन २८, २०८० साेमबार १६:९:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया