प्रदेश सरकारमा जाने विषयमा राप्रपा लचक

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने र केन्द्रीय सत्ता गठबन्धनमा सहभागी नहुने निर्णय गरेको राप्रपाले  प्रदेश सरकारमा जाने विषयमा भने ढोका खुला राखेको छ । 

राप्रपाको तीन दिनसम्म बसेको राप्रपाको बैठकले प्रदेश सरकारमा सहभागी​ हुने विषयमा नरम नीति लिएको हो । बैठकले प्रदेशहरूमा पार्टीले समर्थन गर्नुपर्ने परिस्थिति आएमा पार्टी अध्यक्षले उपयुक्त समयमा सम्बन्धित प्रदेशको परामर्श लिएर निर्णय लिने निष्कर्ष निकालेको हो । 

राप्रपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रदेश सरकारमा तत्काल सहभागी नहुने, समर्थन गर्नुपर्ने परिस्थिति आएमा पार्टी अध्यक्षले उपयुक्त समयमा सम्बन्धित प्रदेशको परामर्श लिएर निर्णय लिने निर्णय गरिएको छ।’





  • प्रकाशित मिति : फागुन २८, २०८० साेमबार २१:११:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया