कांग्रेसको भविष्यका लागि गठबन्धन टुट्नु राम्रो : डा. शशांक

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शशांक कोइरालाले बेइमानीको राजनीति धेरै समय नटिक्ने बताएका छन् । 

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को पिठौलीमा आज आयोजित कार्यक्रममा उनले वर्तमान सरकार राजनीतिक धोकाबाट बनेको आरोप लगाए । 

‘केही मुख्यमन्त्री र मन्त्री पद गए पनि कांग्रेसको भविष्यका लागि गठबन्धन टुट्नु राम्रो हो, अब निर्वाचन अगाडि कांग्रेसले कसैसँग पनि गठबन्धन गर्दैन,’ नेता कोइरालाले भने । 

गठबन्धनबाट मुक्त भएको कांग्रेसले अब पार्टी संगठन बनाउन र पार्टीभित्रका फरक विचार समूहका साथीहरूसँग मिलेर अगाडि बढ्ने अवसर प्राप्त भएको उनको भनाइ थियो ।





  • प्रकाशित मिति : फागुन २८, २०८० साेमबार २२:३३:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया