देशमा समृद्धिको खाका कोर्न समीकरण बदलिएको हो : सांसद न्यौपाने

नेकपा (एमाले) की सांसद भगवती न्यौपानेले देशलाई सबै समस्याबाट मुक्त पार्दै समृद्धिको खाका कोर्न सत्ताको समीकरण बदलिएको बताएकी छन् । 

मंगलबार राष्ट्रिय सभा बैठकमा सांसद न्यौपानेले विगतको गठबन्धनले देशको समस्यालाई सम्बोधन गर्न नसकेका कारण नयाँ गठबन्धन बनाउनु परेको बताइन् ।

उनले विगतको गठबन्धन विचारको निकटताको आधारमा नभएकाले विचारको निकटता हुनेहरूको गठबन्धन बनाउनुपर्ने दबाब रहेको बताइन् । न्यौपानेले देशमा समृद्धिको खाका कोर्न सत्ताको समीकरण बदलिएको बताइन् । 

‘त्यो समीकरण, गठबन्धन विचारको निकटताको आधारमा भएको गठबन्धन थिएन । त्यसैले अब यो देशलाई सबै समस्याबाट मुक्त पार्नुपर्नेछ, त्यसको निम्ति देशमा समृद्धिको खाका कोर्नुपर्नेछ । समाजवादको आधारहरू निर्माण गर्नुपर्ने छ । समयले त्यही भन्यो र समीकरण बदलिएको छ,’ न्यौपानेले भनिन् ।  

 





  • प्रकाशित मिति : फागुन २९, २०८० मंगलबार १३:९:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया