आर्सनल १४ वर्षपछि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

इंग्लिस क्लब आर्सनल युरोपेली च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको राउन्ड अफ सिक्सटीनको दोस्रो लेगमा पोर्चुगिज क्लब पोर्टोलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान बनाउन सफल भएको हो । 

पहिलो लेगमा १–० गोल अन्तरले विजयी भएको पोर्टोले दोस्रो लेगमा भने आर्सनल १–० ले विजयी भयो । आर्सनलको जितसँगै दुवै टोलीले एक/एक गोलको बराबरी गरेपछि अतिरिक्त ३० मिनेटमा थप गोल नहुँदा अन्तिम आठमा पुग्ने टोलीको छिनोफानो गर्न पेनाल्टीको सहारा लिनु परेको थियो ।

निर्धारित समयको ४१ औँ मिनेटमा लिएन्ड्रो ट्रोसार्डले गरेको एक मात्र गोल नै आर्सनललाई पेनाल्टी सम्म पुग्न पर्याप्त भएको थियो । पेनाल्टी सुटआउटमा  आसर्नल ४–२ ले विजयी भयो । आर्सनलका लागि मार्टिन ओडेगार्ड, केइ हार्भाटेज, बकायो साका र डेक्लन राइसले गोल गरेका थिए ।

पोर्टोको लागि पेपे अक्युनो र मार्को ग्रुजीले मात्र गोल गर्दा वेन्डेल ब्रोगेस र वेन्डरसन ग्यालेनोको प्रहार खेर गएको थियो । पेनाल्टी सुटआउटमा जित निकालेपछि आर्सनल १४ वर्षपछि अन्तिम आठमा प्रवेश गर्न सफल भयो । 

आर्सनलले पछिल्लो पटक सन् २००९/१० को सिजनमा क्वाटरफाइनल खेलेको थियो ।   






  • प्रकाशित मिति : फागुन ३०, २०८० बुधबार ८:३५:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया