बार्सिलोना चार वर्षपछि युरोपेली च्याम्पियन्सको क्वाटरफाइनलमा

स्पेनिस क्लब बार्सिलोना इटालियन क्लब नापोलीलाई हराउँदै युरोपेली च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बार्सिलोना सन् २०२० पछि पहिलोपटक क्वाटरफाइनलमा पुगेको हो ।

पहिलो लेग एक/एक गोलको बराबरी खेलेको बार्सिलोनाले दोस्रो लेगमा ३–१ को जित निकालेपछि समग्रमा ४–२ को नतिजाका साथ अन्तिम ८ मा स्थान पक्का गर्न सफल भयो । 

मंगलबार राति भएको खेलमा बार्सिलोनालाई जिताउन फर्मिन लोपज, जोआओ क्यान्सेलो र रोबर्ट लेवान्डोस्कीले एक/एक गोल गरे । यस्तै, नापोलीका लागि अमिर रहमानीले एक गोल फर्र्काए ।

१५औं मिनेटमा राफिन्हाको पासमा फर्मिन लोपेजले गोल गर्र्दै बार्सिलोनालाई अग्रता दिलाए । त्यसको १७ औं मिनेटमा जोआओ क्यान्सेलोले गोल गर्दै अग्रता दोब्बर पारेका थिए । तर, नापोलीले ३० औं मिनेटमा गोल फर्काउँदै अन्तर कम गरेको थियो । नापोलीका लागि अमिर रहमानीले गोल फर्काएका थिए । 

२–१ ले अगाडि रहेको बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्कीले ८४ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई ३–१ को जित दिलाए । च्याम्पियन्स लिगको क्वाटफाइनल ड्र शुक्रबार हुनेछ ।






  • प्रकाशित मिति : फागुन ३०, २०८० बुधबार ७:५८:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया