मौलिक समाजवाद आजको आवश्यकता : विप्लव
फाइल तस्बिर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले स्थिर राजनीतिक प्रणालीको विकास गर्न सकिए मात्र देश उभो लाग्ने बताएका छन् । 

नेकपा सुर्खेतद्वारा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज आयोजित ‘पत्रकार भेटघाट’ कार्यक्रममा महासचिव चन्दले अस्थिर राजनीतिक प्रणालीले मुलुक सही ढङ्गले अघि नबढ्ने बताए । ‘पूँजीलाई जनतातर्फ फर्काउने अर्थतन्त्रको विकास नहुन्जेलसम्म मुलुकमा परिवर्तन हुँदैन’, उनले भने । 

नेपाली विशिष्टताको मौलिक समाजवाद आजको आवश्यकता भएको उल्लेख गर्दै महासचिव चन्दले यसबाट मात्र मुलुकमा देखिएको सङ्कटको समाधान हुने दाबी गरे । पछिल्लो समय नेकपाले उपभोग, उत्पादन र आत्मनिर्भर समाज निर्माण गर्नतर्फ जोड दिइरहेको उनको भनाइ छ ।  

‘मालिक बन्ने शिक्षालाई श्रम र उत्पादनसँग जोड्नुपर्छ । समृद्ध र आत्मनिर्भर मुलुकका लागि कृषि उत्पादन र उद्योगको विकासमा जोड दिनुपर्दछ’, महासचिव चन्दले भने ।

समाजवादी मोर्चाको गति अपेक्षित रूपले नबढे पनि अब रफ्तारमा जाने र सुरुमा माओवादीबीचको एकता गरी पछि कम्युनिष्ट घटकबीचको एकतामा जोड दिइने उनको भनाइ छ ।   





  • प्रकाशित मिति : चैत २, २०८० शुक्रबार १६:१६:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया