सांसद अन्सारीको निधनप्रति शोक प्रस्ताव पारित, सोमबारसम्म संसद् बैठक स्थगित
फाइल तस्बिर

प्रतिनिधि सभाले सांसद मञ्जु शर्मा अन्सारीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । हृदयघातका कारण आइतबार काठमाडौंको सिभिल अस्पतालमा निधन भएकी सांसद अन्सारीको निधनप्रति आइतबार बसेको प्रतिनिधि सभा बैठकले शोक प्रस्ताव पारित गरेको छ । 

शोक प्रस्ताव पारित भएसँगै प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । शोक प्रस्ताव पारित गरेर स्थगित भएको प्रतिनिधि सभाको अर्को बैठक सोमबार बिहान ११ बजेका लागि बोलाइएको छ ।

जनता समाजवादी पार्टी, नेपालको पोलिटब्युरो सदस्यसमेत रहेकी अन्सारी २०७९ चैत १९ गते प्रतिनिधि सभा सदस्य चयन भएकी थिइन् । 





  • प्रकाशित मिति : चैत ४, २०८० आइतबार १२:२:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया