भारतमा अप्रिल १९ देखि जुन १ सम्म आम निर्वाचन हुने

भारतको निर्वाचन आयोगले देशको आगामी आम निर्वाचन अप्रिल १९ देखि सात चरणमा हुने जनाएको छ । भारतका मुख्य निर्वाचन आयुक्त राजीव कुमारले पत्रकार सम्मेलनमा जुन १ गतेसम्म हुने निर्वाचनको सम्पूर्ण कार्यतालिका घोषणा गरेका हुन् । 

दक्षिण एसियाली देशका १० लाखभन्दा बढी मतदान केन्द्रमा करिब ९७ करोड मानिसले मतदान गर्ने अपेक्षा गरिएको अधिकारीहरूले बताएका छन् । कुमारले पैसाको दुरुपयोग, मांसपेशी, गलत सूचना र आदर्श आचारसंहिता उल्लङ्घन निर्वाचन आयोगका प्रमुख चुनौती रहेको बताए । 

आगामी निर्वाचनमा हिन्दु राष्ट्रवादी भारतीय जनता पार्टी (भाजपा)बाट वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि उम्मेदवार बन्न खोजी रहेका छन् । उनले मुख्य विपक्षी कांग्रेस पार्टीको नेतृत्वमा रहेको इण्डियन नेशनल डेभलपमेण्टल इन्क्लुसिभ एलायन्स (इण्डिया) नामक करिब दुई दर्जन विपक्षी दलहरूको गठबन्धनबाट चुनौती सामना गर्नुपर्नेछ । 

मोदीको भाजपाले आफ्नो लागि ३७० सिट र राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) भनेर चिनिने गठबन्धनका लागि ४०० सिटको लक्ष्य राखेको छ । २०१९ मा भएको पछिल्लो चुनावमा, भाजपाले भारतीय संसदको ५४३ सदस्यीय तल्लो सदनमा ३०३ सिट जितेको थियो । 

सन् १९८० मा गठन भए यता त्यो पार्टीको अहिलेसम्मकै धेरै सिट हो । सन् १९४७ मा बेलायती शासनबाट देश स्वतन्त्र भए यता धेरै वर्ष सत्तामा रहेको भारतीय कांग्रेस पार्टी पुनरागमनका लागि कडा संघर्ष गरिरहेको छ । 





  • प्रकाशित मिति : चैत ४, २०८० आइतबार १५:२९:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया