ठाकुरमोहनमाथि कुटपिट गर्ने सहायक महामन्त्रीसहित तीनजनालाई राप्रपाले गर्याे निलम्बन

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा केन्द्रीय कार्यसम्पादन समितिका सदस्य ठाकुरमोहन श्रेष्ठमाथि कुटपिटमा संलग्न भएको आरोप लागेका ३ जनालाई निलम्बन गरेका छन् ।

पार्टीका सहायक महामन्त्री प्रेम बलायर, काठमाडौं- ४ का क्षेत्रीय अध्यक्ष रिद्धिप्रताप राणा र राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका सदस्य सचिव निराजन बमलाई अध्यक्ष लिङ्देनले चार वर्षका लागि निलम्बन गरेका हुन् । 

२७ फागुनमा पार्टी कार्यालय धुम्बाराहीमा पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक चलिरहेको समयमा कार्यालय हाताभित्र श्रेष्ठमाथि कुटपिट भएको थियो । घटनाको आवश्यक छानबिन गरी केन्द्रीय अनुशासन समितिले सिफारिस गरेपछि उनीहरू निलम्बनमा परेका हुन् ।

केन्द्रीय कार्यसम्पादन समितिमा उपाध्यक्ष विक्रम पाण्डेसँग विवाद परेपछि पाण्डे पक्षधरले श्रेष्ठमाथि कुटपिट गरेका थिए । कारबाहीमा परेका सहायक महामन्त्री बलायर स्वकीय सचिवसमेत हुन् ।





  • प्रकाशित मिति : चैत ४, २०८० आइतबार १६:४३:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया