सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन कायमै राख्ने नाउपाकाे निर्णय

नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारलाई समर्थन कायमै राख्ने निर्णय गरेको छ । नागरिक उन्मुक्ति पार्टीको प्रदेश संसदीय दलको आज बसेको बैठकले कांग्रेस नेतृत्वको सरकारलाई समर्थन कायमै राख्ने निर्णय गरेको हो । 

नागरिक उन्मुक्ति पार्टीबाट सुदूरपश्चिम प्रदेशमा सातजना प्रदेशसभा सदस्य छन् । आजकाे बैठकमा पूर्वराज्यमन्त्री कैलाश चौधरी र प्रदेशसभा सदस्य टीका थापा भने अनुपस्थित थिए । 

सो पार्टीका संसदीय दलको नेता एवं आर्थिक मामिलामन्त्री घनश्याम चौधरीले प्रदेश सरकारको बहुमत पुग्ने अवस्था रहेका कारण यही सरकारलाई निरन्तरता दिने निर्णय गरेको बतए । 

नागरिक उन्मुक्तिको निर्णयले यही सरकारले निरन्तरता पाउने सम्भावना बढेको छ । उन्मुक्तिबाट पाँचजना मन्त्री छन् ।

प्रदेशसभामा सत्तापक्षतर्फ नेपाली कांग्रेसका १८ र नागरिक उन्मुक्ति पार्टीका सात गरी २५ सदस्य छन् । स्वतन्त्र प्रदेशसभा सदस्य डा. ताराप्रसाद जोशीले पनि स्थायित्वका लागि यही सरकारलाई समर्थन गर्न सकारात्मक देखिएपछि वर्तमान सरकारले निरन्तरता पाउने देखिएकाे हाे ।





  • प्रकाशित मिति : चैत ४, २०८० आइतबार १८:५२:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया