logo-img

वित्तीय साक्षरतालाई देशको कुना-कुना लैजाने योजना छ : गभर्नर अधिकारी
फाइल तस्बिर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ‘ग्लोबल मनी वीक’को अभियान नेपालको दुर्गम क्षेत्रसम्म पुर्‍याइने बताएका छन् । सोमबार काठमाडौंको ‘ग्लोबल मनी वीक’को अवसरमा राष्ट्र बैंकद्वारा आयोजित कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले वित्तीय साक्षरता अभियान देशका दुर्गम क्षेत्र समेत पुर्‍याउन जरुरी रहेको बताएका हुन् ।

गभर्नर अधिकारीले ‘ग्लोबल मनी वीक’को अभियान सुरुवाती चरणबाटै सक्रिय रहेको बताए । उनले यो अभियानलाई राष्ट्र बैंकले अझ विस्तार गर्ने प्रतिबद्धता जनाए । गभर्नर अधिकारीले वित्तीय साक्षरतालाई देशको कुना–कुना लैजाने योजना रहेको पनि उल्लेख गरे । उनले वित्तीय फ्रेमवर्कमा वित्तीय साक्षरता वित्तीय जागरणका रूपमा विद्यालय तहको पाठ्यक्रम (सेलेबस) मा पनि राख्नको लागि समन्वय भइरहेको जानकारी दिए । 

उनले कुनै पनि प्रोडक्ट बैंक तथा वित्तीय संस्थाले ल्याउँदा वा नीति ल्याउँदा कार्यान्वयनमा जानको लागि वित्तीय चेतना हुन जरुरी रहेको औंल्याए । गभर्नर अधिकारीले ग्लोबल मनी वीकलाई नेपालमा पनि यो अभियानलाई वित्तीय शिक्षाको आधारका रूपमा लिएको उल्ल्लेख गरे ।

उनले सञ्चारमाध्यमलाई पनि वित्तीय साक्षरता अभियानमा एकीकृत गर्ने व्यवस्था रहेको बताए । उनले पैसाको वचत गर्ने र भविष्यको लागि सुरक्षित राख्ने विषयलाई प्राथमिकता दिएर ग्लोबल मनी वीक मनाउने गरिएको बताए । 

उनले बचत भविष्यमा कमाएर मात्रै गर्ने नभएर बाल्यकालदेखि बानी बसाउन जरुरी रहेको बताए । उनले बालबालिकाले खाजा खर्चलाई बचाएर वचत गर्ने बानी बसाए भविष्य सुरक्षित हुने धारणा राखे ।  

आइतबारदेखि ग्लोबल मनी वीक २०२४ सुरु भएको छ । ‘ग्लोबल मनी वीक’ ओईसीडि वित्तीय शिक्षाको लागि अन्तर्राष्ट्रिय सञ्जालले मार्च १८-२४ मार्चसम्म बिश्वव्यापीरूपमा आयोजना गर्ने साप्ताहिक कार्यक्रम हो । 



सन् २०१२ देखि हरेक वर्ष ग्लोबल मनी वीक विश्वभर मनाउने गरिएको छ । यो बालबालिका र किशोर किशोरीमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्देश्यले मनाइने एउटा अभियान हो । यस वर्षको ग्लोवल मनी वीकको नारा ‘प्रोटेक्ट युअर मनी, सेक्योर योर फ्युचर’ रहेको छ ।  



  • प्रकाशित मिति : चैत ५, २०८० साेमबार १२:४४:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया