सरकारलाई राम्रो काम गर्ने वातावरण निर्माण गर्न भूमिका खेल्छु : सभापति शेर्पा

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका नवनिर्वाचित सभापति सोनम गेल्जेन शेर्पाले पदभार ग्रहण गरेका छन् । सोमबार सिंहदरबारस्थित समितिको कार्यकक्षमा उहाँले समिति सभापतिको पदभार ग्रहण गरेका हुन् । 

आजै उनी समितिमा निर्विरोध निर्वाचित भएका थिए । समितिको सभापतिमा एउटा मात्रै मनोनयन दर्ता भएसँगै समितिको सोमबारको बैठकबाट उनी निर्वाचित भएका हुन् । साथै आज नै सिंहदरबारमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालसँग पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए । 

सभापति शेर्पाले सरोकार समितिलाई अधिकार क्षेत्र पनि किटान गरेर दिइएको र नेपालको संविधानको परिधिभित्र रहेर काम गर्ने बताए । उनले प्रतिपक्ष भन्दा पनि सरकारलाई सहजीकरण हुने गरेर सरकारलाई राम्रो काम गर्ने वातावरण निर्माण गर्न आफ्नो भूमिका हुने बताए । 

उनले भने, ‘हामीलाई अधिकार क्षेत्र पनि किटान गरेर दिइएको छ । नेपालको संविधानको परिधिभित्र रहेर हामी काम गर्छौँ । हामी प्रतिपक्ष भन्दा पनि सरकारलाई सहजीकरण गरेर सरकारलाई राम्रो काम गर्ने वातावरण बनाउँछौँ । नतिजामुखी भएर काम गर्दछौँ ।’

उनले नतिजामुखी भएर समितिको काम गर्ने बताए ।  





  • प्रकाशित मिति : चैत ५, २०८० साेमबार १३:४२:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया