प्रधानमन्त्री दाहालको दाबी : अनुसन्धानबाट कैफियत देखिए कसैले पनि उन्मुक्ति पाउने छैन
फाइल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुशासन कायम गर्ने सवालमा आफूले कसैसँग पनि कुनै पनि सम्झौता नगर्ने बताएका छन् । प्रतिनिधिसभाका सांसदले सोधेका प्रश्नहरूको जवाफ दिँदै उनले अनुसन्धानबाट कैफियत देखिएमा कसैले पनि उन्मुक्ति नपाउने बताएका हुन् । 

‘सुशासन कायम गर्ने सवालमा म कुनै पनि सम्झौता गर्दिनँ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यसमा आफ्नो पार्टी र अरूको पार्टी भन्ने आग्रह र पूर्वाग्रह मैले राख्दिनँ । यदि अनुसन्धानबाट कैफियत देखिएमा कसैलाई पनि कारबाही गर्न कुनै पनि कुराले रोक्ने छैन ।’ 

सुशासनको संकल्प लिएर आफूले सरकारको नेतृत्व गरेदेखि नै ठूला–ठूला भ्रष्टाचार, सुन तस्करी, जग्गा हिनामिनालगायतका काण्डहरूको छानबिन भइरहेका उल्लेख गर्दै उनले यस कार्यलाई अझै प्रभावकारी बनाइने बताए ।
 





  • प्रकाशित मिति : चैत ६, २०८० मंगलबार १३:२०:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया