इण्डो-नेपाल टी-२० च्याम्पियनसिप आजदेखि, ६ टोलीको सहभागिता रहने

इण्डो–नेपाल टी–२० च्याम्पियनसिप क्रिकेट प्रतियोगिता आजदेखि चितवनमा सुरु हुँदैछ । भरतपुरमा कूटनीतिक सम्बन्ध र पर्यटन सम्भावना प्रवर्द्धन गर्न आयोजित इन्डो नेपाल टी–२० च्याम्पियनसिप गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालामा सुरु हुन लागेको हो । 

प्रतियोगितामा नेपालका भरतपुर मेयर्स ११, बागमती, सुदूरपश्चिम र मधेस प्रदेश तथा भारतका दुईवटा क्षेत्रीय टोली तालतला इन्स्टिटाइट कोलकाता र पीएसआर ग्रुप लखनउले भाग लिनेछन् । 

यस प्रतियोगिताको सबै खेल कान्तिपुर म्याक्स एचडी र कान्तिपुरको डिजिटल प्लेटफर्ममार्फत प्रत्यक्ष प्रशारण हुनेछ ।
 





  • प्रकाशित मिति : चैत ८, २०८० बिहीबार ६:३८:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया