पूर्वसूचना प्रणालीमा सबैको पहुँच सुनिश्चित गर्न जरुरी छ : मन्त्री बस्नेत

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले पूर्वसूचना प्रणालीमा सबैको पहुँच सुनिश्चित गर्न जरुरी रहेको बताएका छन् ।

जल तथा मौसम विज्ञान विभागको आयोजना तथा अमेरिकी सहयोग नियोग (युएसएआडी) तथा ‘इन्स्टिच्युट अफ हिमालय रिस्करिडक्सन’को सहकार्यमा आज यहाँ आयोजित ‘पूर्वसूचना प्रणालीसम्बन्धी सिकाइ आदानप्रदान राष्ट्रिय कार्यशाला गोष्ठी’ को उद्घाटन गर्दै उनले पूर्वसूचना प्रणालीमा सबैको पहुँच सुनिश्चित गर्न जरुरी रहेको बताए । 

बाढीपहिरोलगायत मनसुनजन्य घटना दिनप्रतिदिन बढिरहेको भन्दै मन्त्री बस्नेतले पूर्वसूचना प्रणालीको विकासमार्फत विपद् व्यवस्थापन गर्न जरुरी रहेको स्पष्ट पारे । पछिल्लो समय जलवायु परिवर्तनका कारण मनसुनजन्य विपद्का घटना बढिरहेकाले कसरी न्यूनीकरण गर्ने भन्ने विषयमा सबै सरोकारवाला निकायले ध्यान दिन जरुरी रहेको उनको भनाइ छ । 

‘जलवायु परिवर्तन गराउन नेपालजस्ता विकासोन्मुख मुलुकको नगन्य भूमिका हुन्छ । धनी र औद्योगिक मुलुकका कारण हामीले जलवायु परिवर्तनको जोखिम भाग्नुपरेको अवस्था छ’, मन्त्री बस्नेतले भने, ‘जलवायु परिवर्तनको प्रभावका कारण बाढीपहिरोजस्ता मनसुनजन्य घटना बढिरहेका छन् । अब कसरी समाधान वा कम गर्न सकिन्छ भन्ने विषयमा एउटा निष्कर्ष निकालेर अगाडि बढ्न जरुरी छ ।’

मनसुनजन्य गतिविधि, त्यसको प्रभावको अध्यापन तथा अवलोकन गर्ने, सम्भावित जोखिमका विषयमा पूर्वानुमान गर्ने र सुरक्षाको व्यवस्थापनमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।  

पूर्वसूचना प्रणालीलाई सबै जनताको पहुँचमा पुर्‍याउन सकेमा बाढीपहिरोलगायत घटनाबाट हुनसक्ने सम्भावित क्षति न्यूनीकरण गर्न सकिनेमा मन्त्री बस्नेतको जोड छ ।  





  • प्रकाशित मिति : चैत ८, २०८० बिहीबार १४:३:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया