logo-img

निर्वाचन खर्च नबुझाउने सांसदलाई जरिवाना गर्ने आयोगको निर्णय बदर

उच्च अदालत पाटनले निर्वाचन खर्च नबुझाउने सांसदलाई जरिवाना गर्ने निर्वाचन आयोगको निर्णय बदर गरेकाे छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ४ सांसदले दिएकाे निवेदनमा उच्च अदालत पाटनले यस्ताे फैसला गरेकाे हाे ।

निर्वाचन आयोगको निर्णय बदर गर्न माग गर्दै रास्वपाका सांसदहरु विराजभक्त श्रेष्ठ, शिशिर खनाल, सोबिता गौतम र गणेश पराजुलीले उच्च अदालत पाटनमा निवेदन दिएका थिए । 

आयोगले निर्वाचनको खर्च विवरण सार्वजनिक गरेको जानकारी नगराएको भन्दै उनीहरु विरुद्ध १५ हजार जरिवाना तोकेको थियो। 

उच्च अदालत पाटनले बुधबार आयोगको उक्त निर्णय खारेज गरेको हो। आयोगको निर्णयविरुद्ध  १४ साउनमा ४ सांसदले उच्च अदालत पाटनमा रिट दायर गरेका थिए।

न्यायाधीशद्व मुनेन्द्र प्रसाद अवस्थी र टीकाराम आचार्यको इजलासले रिट जारी हुने फैसला सुनाएको हो।





  • प्रकाशित मिति : चैत ८, २०८० बिहीबार १५:५९:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया