शुक्रबारदेखि सुरु हुँदै आइपिएल, चेन्नई र बैंग्लोरबीच पहिलो खेल

विश्वकै सर्वाधिक चर्चित र लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आइपिएल) शुक्रबारदेखि सुरु हुँदै छ । आइपिएलको उद्घाटन खेलमा चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंग्लोर आमनेसामने हुनेछन् ।
 
प्रतियोगिता सुरु हुनुभन्दा अगाडि चेन्नईले सर्वाधिक सफल कप्तान महेन्द्रसिंह धोनीको विकल्प खोजेको छ । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिइसकेका धोनी फ्रेन्चाइज क्रिकेट आइपिएल भने खेल्दै आएका छन् । 

धोनीको ठाउँमा चेन्नईले ऋतुराज गायकवाडलाई कप्तान बनाएको छ । धोनीको नेतृत्वमा रहेको चेन्नईले गत सिजनको फाइनल खेलमा गुजरात जाइन्ट्सलाई पराजित गर्दै उपाधि जितेको थियो ।

धोनीले कप्तानी छाडेको यो पहिलोपटक भने होइन । टिमले यसअघि २०२२ को सिजनमा पनि कप्तान परिवर्तन गरेको थियो । 

त्यतिबेला अलराउन्डर रवीन्द्र जडेजा कप्तान भएका थिए । तर, चेन्नईको लगातार खराब प्रदर्शनपछि जडेजाले राजीनामा दिएपछि पुनः धोनी नै कप्तान भएका थिए ।

चेन्नईका नयाँ कप्तान गायकवाड सन् २०१९ मा टोलीमा सामेल भएका थिए । उनले अहिलेसम्म खेलेका ५२ खेलमा १७९७ रन बनाएका छन् । 

यस प्रतियोगितामा उनको नाममा एक शतक र १४ अर्धशतक छ । गत सिजन गायकवाडले १६ खेलमा ५९० रन बनाएका थिए । चेन्नईलाई उपाधि जिताउन युवा खेलाडीले महत्वपूर्ण भूमिका खेलेका थिए ।



चेन्नई सुपर किंग्सका पूर्व कप्तान महेन्द्रसिंह धोनी आफ्नो आइपिएल करिअरको अन्तिम सिजन खेल्न सक्नेछन् । कप्तानमा अचानक परिवर्तन गरेपछि उनले यो सिजनपछि आइपिएलबाट सन्न्यासको घोषणा गर्न सक्ने अनुमान गरिएको छ । 

४२ वर्षीय खेलाडी धोनीले चेन्नईका लागि २१२ खेलमा कप्तानी गरेका छन् । उनीबाहेक सुरेश रैनाले पाँच खेलमा र रवीन्द्र जडेजाले आठ खेलमा टोलीको नेतृत्व गरेका छन् ।



  • प्रकाशित मिति : चैत ८, २०८० बिहीबार २०:५७:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया