कानुनमन्त्री गिरी भन्छन्- ‘महिला न्यायाधीशले सम्पादन गरेका मुद्दा विवादरहित छन्’
फाइल तस्बिर

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पुरुषको तुलनामा महिला न्यायाधीशले सम्पादन गरेका न्याय बढी विवादरहित रहेको बताएका छन् ।  

शुक्रबारबाट ललितपुरमा सुरु भएको महिला न्यायाधीशको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले महिला न्यायाधीशले गरेको न्याय सम्पादन न्यायको मर्मको गहिराइसम्म पुगेर न्याय दिनसक्ने ल्याकतसहितको हुने गरेको विगतबाट देखिएको पनि बताए । उनले कानुनको अध्ययन गर्ने महिलाको संख्या पनि उल्लेख्य रहेको बताए । 

उनले अध्ययन समयदेखि नै महिलालाई न्यायको क्षेत्रमा लाग्नुपर्ने प्रेरणा दिन आवश्यक रहेको बताए । मन्त्री गिरीले पछिल्लो समय कानुन अध्ययन गर्ने विद्यार्थीको संख्या बढेको भन्दै खुसीप्रकट गरे ।  

कानुनमन्त्री गिरीले सर्वोच्च अदालतको निर्देशनात्मक आदेशलाई निश्चितरूपमा कार्यान्वयन गर्नका निम्ति र कानुन निर्माण गर्नका निम्ति सरकारले प्राथमिकता दिएर काम गरिरहेको बताए ।

उनले महिला न्यायाधीशको वृद्धि विकास र क्षमता अभिवृद्धिका निम्ति गर्नुपर्ने कार्यक्रममा सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । 





  • प्रकाशित मिति : चैत ९, २०८० शुक्रबार ११:४९:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया