खेलाडीको अधिकारलाई संरक्षण गर्न नीति निर्देशित काम गर्नुपर्छ : खेलकुदमन्त्री श्रेष्ठ
फाइल फाेटाे

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले नीति निर्देशित काम गर्नसके मात्र खेलाडीको अधिकारलाई संरक्षण गर्ने बताएका छन् । 

नेपाल ओलम्पिक कमिटी (एनओसी) ले शुक्रवार गरेको स्वागत तथा बधाई कार्यक्रममा मन्त्री श्रेष्ठले नीतिलाई माथि राखेर काम गर्नसके खेलाडीको अधिकार संरक्षण हुने बताए । उनले पछिल्ला ३० वर्षयता खेलाडी केन्द्रित काम हुन नसकेको उल्लेख गर्दै व्यक्ति केन्द्रित नीतिभन्दा पनि खेलकुद केन्द्रित नीतिको विकास हुनुपर्ने बताएका छन् । मन्त्री श्रेष्ठले खेल नीति परिमार्जन गर्न मन्त्रालयले काम गरिरहेको सार्वजनिक गरे ।

अन्तर्राष्ट्रिय मूल्य मान्यताअनुरूप काम गर्नसके ओलम्पिकको कमिटीको जिम्मेवारी धेरै रहेको मन्त्री श्रेष्ठको भनाइ छ । ओलम्पिक कमिटीले खेलमार्फत कुटनीति विकासमा काम गर्नुपर्ने औंल्याउँदै मन्त्री श्रेष्ठले नेपालको खेलजगत, खेलाडी र प्रशिक्षकलाई अन्तर्राष्ट्रिय क्षेत्रसँग जोड्नुपर्ने बताए । उनले नेपालको प्रचलित कानूनलाई पनि सम्मान गर्नुपर्ने बताए । मन्त्री श्रेष्ठले खेलकुदमार्फत युवाहरूको नैरश्यता कम गर्न काम गर्नुपर्ने धारणा राखे । 





  • प्रकाशित मिति : चैत ९, २०८० शुक्रबार २०:५३:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया