रसेलको अलराउन्ड प्रदर्शनमा हैदराबादविरुद्ध कोलकाताको रोमाञ्चक जित

कोलकाता नाइट राइडर्सले भारतमा जारी १७औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) मा विजयी सुरुवात गरेको छ । गएराति सम्पन्न खेलमा सनराइजर्स हैदरबादलाई चार रनले हराउँदै कोलकाताले विजयी सुरुवात गरेको हो ।  

हैदरबादले भने प्रतिस्पर्धात्मक खेल खेले पनि जित निकाल्न सकेन । कोलकाताले दिएको २ सय ९ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय ४ रन मात्र बनाउन सक्यो ।

उसका लागि हेनरिक क्लासेनले २९ बलमा ८ छक्काको मद्दतमा सर्वाधिक ६३ रन बनाए । यस्तै, ओपनरद्वय मयंक अग्रवाल र अभिषेक शर्माले ३२/३२, राहुल त्रिपाठीले २०, एडन मार्कमले १८, साहबाज अहमदले १६ तथा अब्दुल समदले १५ रन जोडे । 

कोलकाताका लागि हर्षित रानाले तीन, आन्द्रे रसेलले दुई तथा सुनिल नारायण र वरुण चक्रवर्तीले एक/एक विकेट लिए । त्यसअघि इडेन गार्डेनमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय ८ रन बनायो । उसका लागि आन्द्रे रसेलले विस्फोटक पारी खेले । 

२५ बलको सामना गरेका उनले सात छक्का र तीन चौकासहित अविजित ६४ रन बनाए । यस्तै, फिल साल्टले ४० बलमा तीन छक्का र तीन चौकासहित ५४ रनको इनिङ खेले । त्यस्तै, रमनदीप सिंहले ३५ र रिंकु सिंहले २३ रनको योगदान दिए ।

हैदरबादका लागि टी नटराजनले तीन, मयंक मार्कन्डेले दुई र कप्तान प्याट कमिन्सले एक विकेट लिए । शनिबार नै भएको पहिलो खेलमा पञ्जाब किंग्सले दिल्ली क्यापिटल्सलाई चार विकेटले हराएको थियो । 





  • प्रकाशित मिति : चैत ११, २०८० आइतबार ६:२८:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया