logo-img

राजस्थान रोयल्सको आइपिएलमा विजयी सुरुआत

इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा राजस्थान रोयल्सले विजयी सुरुआत गरेको छ । आइतबार भएको पहिलो खेलमा राजस्थानले लखनऊ सुपर जायन्ट्सलाई २० रनले पराजित गरेको हो ।   

जयपुरमा टस जितेर पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित ओभरमा ४ विकेट गुमाएर १९३ रन बनाएको थियो । जवाफमा लखनउले निर्धारित ओभरमा ६ विकेट गुमाएर १७३ रन मात्रै बनाउन सक्यो ।

लखनऊका कप्तान केएल राहुल र निकोलस पुरनाको अर्धशतकीय पारि खेर गयो । राहुल ४४ बलमा ५८ रन बनाएर आउट भएका थिए भने निकोलस पुरनले अन्तिमसम्म टिक्दै ६४ रनको नटआउट अर्धशतकीय पारि खेले । यसैगरी दीपक हुड्डाले २६ रन बनाउँदा अन्य व्याटरले दोहोरो अंकमा रहन बनाउन सकेनन् । 

राजस्थानका ट्रेन्ट बोल्टले २ विकेट लिँदा नान्द्रे ब्रुगर, रविचन्द्रन आश्विन, युजवेन्द्र चहल र सन्दीपम शर्माले एक एक विकेट लिए । 

पहिला ब्याटिङ गर्दा सुरुआत राम्रो गर्न नसके पनि राजस्ताथनका कप्तान सन्जु सामसन र रियान परागको पारि उत्कृष्ट रह्यो । ओपनिङ आएका जोस बटलरले ११ रन बनाएर पहिलो विकेटको रुपमा आउट भएका थिए । त्यसपछि अर्का उपनर यसश्वी जयसवाल १२ बलमा २४ रन बनाएर पभेलियन फर्किए । कप्तन सामसन र पराग मिलेर राजस्थानको पार अघि बढाए ।

यी दुई खेलाडीबीच ५९ बलमा ९३ रनको साझेदारी भएपछि राजस्थान ठूलो स्कोरतर्फ अघि बढेको थियो । पराग २९ बलमा ४३ रन बनाएर तेस्रो विकेटको रुप्मा आउट हुँदा राजस्थानले १४.५ ओभरमा १४२ रन बनाएको थियो । 



कप्तान सामसन अन्तिमसम्म टिक्दै नटआउट ८२ रन बनाए । उनले ५२ बलमा ६ छक्का र ३ चौका प्रहार गरे । त्यसैगरी सिमरोन हटमायरले ५ रन जोड्दा कप्तानसँगै ध्रुव जुरेलले १२ बलमा २० रनको नटआउट पारि खेले ।

लखनऊका नभिन उल हकले दुई विकेट लिँदा रवी विश्नोइ र मोसिन खानले एक–एक विकेट हात पारे । जितसँगै राजस्थान रोयल्सले तालिकामा २ अंक जोडेको छ । 
 



  • प्रकाशित मिति : चैत ११, २०८० आइतबार २१:१०:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया