गृह सचिव, प्रहरी प्रमुख र सिआइबी प्रमुखलाई बोलाउँदै राज्य व्यवस्था समिति

संसदको राज्य व्यवस्था तथा सुशासन समितिले गृह मन्त्रालय सम्बद्ध विषयमा छलफल गर्न केही उच्च अधिकारीलाई बोलाउने भएको छ ।

गृहसँग सम्बद्ध केही विषयमा गम्भीर रूपमै छलफल गर्नुपर्ने भएकाले गृह सचिव, नेपाल प्रहरीका महानिरीक्षक र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) प्रमुखलाई यही १४ गते समितिमा बोलाउन लागिएको सचिवालयले जानकारी दिएको छ ।

राज्य व्यवस्था समितिका सदस्य रही सकेका सांसद रवि लामिछाने अहिले गृह मन्त्रालयको नेतृत्वमा छन् । गृहमा उनकै विरुद्धमा कारबाहीको माग गर्दै केही निवेदनहरू परेका छन् । त्यसबाहेक सुशासनसँग सम्बन्धित केही ऐन संशोधन गर्न तयार भएका विधेयक पनि छलफल गरेर टुंगो लाउनुपर्ने अवस्थामा रहेका सचिवालयले जनाएको छ ।

संवैधानिक परिषद् ऐनमै संशोधन गर्ने भनेर छलफलकै चरणमा रहेको विधेयक सत्ता समीकरण फेरबदल भएपछि अड्किएको छ भने दलहरूको अडान अब के हुने भन्ने पनि अस्पष्ट रहेको बुझिएको छ ।

समितिका तीन सदस्य त वर्तमान सरकारमा उपप्रधानमन्त्री छन् । गृहमन्त्री लामिछाने, उपेन्द्र यादव र रघुवीर महासेठ उपप्रधानमन्त्री छन् । 





  • प्रकाशित मिति : चैत १२, २०८० साेमबार १३:५०:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया