वैशाखमा वैवाहिक बन्धनमा बाँधिँदै एलिना र विष्णु

गायिका एलिना चौहान प्रेमी विष्णु सापकोटासँग विवाह गर्ने भएकी छन् । उनीहरू आगामी वैशाख ५ गते विवाह बन्धनमा बाँधिन लागेका हुन् । 

बागलुङ निवासी सापकोटा हाल अष्ट्रेलियामा व्यवसाय सञ्चालन गर्दै आएका छन् । गत वर्ष तीजको कार्यक्रमका लागि अष्ट्रेलिया पुगेका बेला एलिना र विष्णु नजिकिएका थिए । 

त्यतिबेलादेखि नै प्रेम सम्बन्ध रहेका उनीहरूको सम्बन्धमा खटपट आएको खबर फैलिएको थियो । त्यसलगत्तै अष्ट्रेलिया पुगेकी मिस पबी (पवित्रा साकी)सँग विष्णुको टिकटक आएपछि एलिनाका फ्यानहरूले विष्णुलाई सामाजिक सञ्जालमा गाली पनि गरेका थिए । 

तर, यी दुईबीच प्रेमपछि ब्रेकअपको खबर गलत साबित भएको छ । एलिनाले आफूहरूले वैशाखमा बिहे गर्न लागेको र विवाहको तयारीमा जुटेको बताएकी छिन् । 





  • प्रकाशित मिति : चैत १२, २०८० साेमबार १६:५४:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया