इलाम २ उपनिर्वाचनका लागि राप्रपाले पठायो उम्मेदवारको नाम
फाइल तस्बिर

इलाम २ उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) इलाम जिल्ला समितिले उम्मेद्वारको नाम कोशी प्रदेश समितिमा सिफारिस गरेको छ । 

आउँदो १५ वैशाखमा हुने संघीय उपनिर्वाचनका लागि राप्रपा इलामको जिल्ला कार्य सम्पादन समितिको बैठकले क्रमशः लक्ष्मी गुरुङ, यामनाथ भण्डारी र लालबहादुर डाँगीको नाम उम्मेदवारको रूपमा प्रदेशमा सिफारिस गरेको राप्रपा इलामका प्रवक्ता गोपाल पौड्यालले जानकारी दिए ।

बैठकमा राप्रपा कोशी प्रदेश अध्यक्ष तथा दमक नगरपालिकाका प्रमुख राम थापा, कोशी प्रदेश सभासद गोपाल गजमेर र हल्दीबारी गाउँपालिकाका अध्यक्ष तथा राप्रपा इलाम क्षेत्र नम्बर २ उपनिर्वाचनका संयोजक रवीन्द्र लिङ्देनको समेत उपस्थिति रहेको थियो ।





  • प्रकाशित मिति : चैत १३, २०८० मंगलबार १२:५७:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया