जनकपुरधाममा आज मनाइयो होली [तस्बिरहरू]

जनकपुरधाममा आज होली मनाइएको छ । बुधबार होरैया, लोकगीत, संगीतले जनकपुरधाम गुञ्जायमान बनेको छ । तराईका अन्य ठाउँमा भने सोमबार न होली मनाइएको हो ।  

होलीको अवसरमा जनकपुरधाममा विभिन्न परिकारका मालपुवा, दालको पुरी लगायतका भोजन बनाएर खाने–खुवाउने र एक अर्कालाई रङ–अविर लगाएर खुसियाली मनाउने चलन पनि विद्यमान छ । 

हिमाली र पहाडी जिल्लामा आइतबार तथा तराईका अन्य जिल्लामा सोमबार होली मनाइसकिएको छ । मिथिला मध्यमा परिक्रमाअन्तर्गत अन्तः गृह परिक्रमा सम्पन्न भएको भोलिपल्ट जनकपुरधाममा होली मनाउने गरिन्छ । तर, यस पटक सोमवार अन्तरगृह परिक्रमा सकिएको र मंगलबार साधुसन्तले मनाए पनि अन्य ८० प्रतिशत नागरिकले भने बुधबार मात्रै होली मनाएका हुन् ।   



 



 

  • प्रकाशित मिति : चैत १४, २०८० बुधबार १४:११:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया