logo-img

विपन्न महिलाको मिटरब्याजलगायतका ऋण मिनाहा हुने कार्यक्रम ल्याउँदैछौँ : मन्त्री चौधरी
फाइल तस्बिर

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले विपन्न महिलाको मिटरब्याजलगायतका ऋण  मिनाहा गरिदिने गरी बजेट ल्याउन लागेको जनाएकी छन् ।

वडा स्तरबाट विपन्न महिलाको पहिचान गरी उनीहरूको मिटरब्याजलगायतका ऋण मिनाहा हुनेगरी सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याउन लागेको जानकारी दिएकी हुन् । 

पछाडि परेका महिलालाई अघि बढाउन पनि आफूले मन्त्रालयको तर्फबाट सो कार्यक्रम ल्याउन लागेको मन्त्री चौधरीको भनाइ छ । शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले महिला मन्त्रालयमा बजेटको अभावका कारण सोचेअनुसार काम गर्नसक्ने स्थिति नभएको पनि स्मरण गराइन् । 

मन्त्री चौधरीले जनसंख्याको आधाभन्दा बढी हिस्सा ओगटेको महिला मन्त्रालयको लागि बजेट बढाउने कुरामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सकारात्मक रहेको पनि बताइन् ।   

मन्त्री चौधरीले महिलाको सशक्तीकरणका लागि बजेट बढाउनका लागि सम्बन्धित मन्त्रालयबीच छलफल भइरहेको पनि बताइन् ।  





  • प्रकाशित मिति : चैत १६, २०८० शुक्रबार १५:२०:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया