logo-img

राष्ट्रियसभा उपाध्यक्ष अर्यालको राजीनामा स्वीकृत
फाइल तस्बिर

राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा उनले पदबाट दिएको राजीनामा स्वीकृति गरिएको बताएका हुन् ।

उपाध्यक्ष अर्यालले बिहीवार अध्यक्ष दाहालसमक्ष पदबाट राजीनामा दिएकी थिइन् । ‘राष्ट्रिय सभाका माननीय उपाध्यक्षले पदबाट दिनुभएको राजीनामा सनाखत गराई स्वीकृत भएको ब्यहोरा सभा समक्ष जानकारी गराउँदछु,’ अध्यक्ष दाहालले भने । 

नेकपा (माओवादी केन्द्र) को तर्फबाट उपाध्यक्ष रहेकी अर्यालले नयाँ सत्ता समीकरणसँगै उपाध्यक्ष पद अन्य दलको भागमा परेपछि राजीनामा दिएकी हुन् ।



राजीनामा पत्रमार्फत उनले पदीय जिम्मेवारीमा रहँदा साथ दिएको भन्दै राष्ट्रिय सभाका अध्यक्ष, सांसद र संसद् सचिवालयका पदाधिकारीसहित सहयोगी सबैलाई धन्यवादसमेत दिएकी छन् ।  





  • प्रकाशित मिति : चैत १६, २०८० शुक्रबार १५:२८:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया