मन्त्रीलाई राष्ट्रियसभा अध्यक्षको निर्देशन- सांसदको प्रश्नको जवाफ दिनू

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले मन्त्रीहरूलाई सभामा उपस्थित भई प्रादेशिक सरोकार समयमा उठेको प्रश्नको जवाफ दिन निर्देशन दिएका छन् ।  

शुक्रबारको राष्ट्रिय सभा बैठकमा प्रादेशिक सरोकार समयमा सांसदले विकास निर्माणसँग सम्बन्धित र विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । लगत्तै अध्यक्ष दाहालले प्रादेशिक सरोकार समयमा उठाएका विषयको सम्बन्धमा सम्बन्धित मन्त्रीलाई सभामा उपस्थित भइ जवाफ दिन निर्देशन दिएका हुन् ।  

‘माननीय सदस्यहरूले प्रादेशिक सरोकार समयमा उठाउनुभएका विषयहरूका सम्बन्धमा राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १५ (क) को उपनियम ३ को व्यवस्था बमोजिम सम्बन्धित मन्त्रीले सभामा उपस्थित भइ जवाफ दिन म नेपाल सरकारलाई निर्देशन गर्दछु,’ राष्ट्रियसभा अध्यक्ष दाहालले भने ।  
 





  • प्रकाशित मिति : चैत १६, २०८० शुक्रबार १५:५७:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया