आयरल्याण्ड ‘ए’ विरुद्ध लोकेशको शतक, गरे चौका/छक्काको वर्षा

आयरल्याण्ड ‘ए’ सँगको टी–२० सिरिजको पहिलो खेलमा नेपाल ‘ए’ का ओपनिङ ब्याटर लोकेश बमले शतक पूरा गरेका छन् । उनले ५२ बलमा ८ चौका र ८ छक्कासहित शतक पूरा गरेका हुन् । टी–२० करियरमा लोकेशको यो पहिलो शतक हो ।  

२ सय २३ रनको बलियो लक्ष्य पछ्याइरहेको नेपालले तीन विकेट भने सस्तैमा गुमायो । नेपालले विनोद भण्डारीलाई १६, अर्जुन घर्तीलाई तीन र देव खनाललाई शून्यमै गुमाएको हो । त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको आयरल्याण्ड ‘ए’ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २२ रन बनायो । 

उसका लागि पिटर मूरले ३२ बलमा चार चौका र तीन छक्कासहित सर्वाधिक ४९ रन बनाए । यस्तै, केड कार्माइकल र कप्तान निल रकले ३८–३८ तथा स्टिफन डोहेनीले ३४ रन जोडे । त्यस्तै, ग्यारेथ डेलानी ३० र गेभिन होय १८ रनमा अविजित रहे ।  

नेपालका लागि बलिङमा कमल सिंह ऐरीले ४ ओभरमा ३९ रन दिएर सर्वाधिक तीन विकेट लिए । यस्तै, सागर ढकाल र आरिफ शेखले एक–एक विकेट हात पारे ।   





  • प्रकाशित मिति : चैत १६, २०८० शुक्रबार १६:९:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया