logo-img

सरकारलाई राष्ट्रियसभा अध्यक्षको निर्देशन- प्रतिवेदनका सुझाव कार्यान्वयन गर्नू

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले तहगत अन्तरसम्बन्ध र समन्वय विषयक अध्ययन प्रतिवेदन, २०८० ले दिएका सुझाव  कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएका छन् ।

शुक्रबारको राष्ट्रिय सभा बैठकमा अध्यक्ष दाहालले तहगत अन्तरसम्बन्ध र समन्वय विषयक अध्ययन प्रतिवेदन, २०८० ले दिएका सुझाव कार्यान्वयन गर्न नेपाल सरकारलाई निर्देशन दिएका हुन् । 

बैठकमा सो प्रतिवेदनउपर सांसदले छलफल गरेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहालले छलफलमा उठेका विषयका सन्दर्भमा जवाफसमेत दिएका थिए ।

‘प्रतिवेदनको सम्बन्धमा माननीय सदस्यहरूले छलफलमा उठाएका विषयहरू र सो सम्बन्धमा सम्माननीय प्रधानमन्त्रीले जवाफका शिलशिलामा व्यक्त गर्नुभएका विचार समेतका आधारमा तहगत अन्तरसम्बन्ध र समन्वय विषयक अध्ययन प्रतिवेदन, २०८० मा समावेश भएका सुझावहरूलाई कार्यान्वयन गर्न नेपाल सरकारलाई निर्देशन गर्दछु,’ अध्यक्ष दाहालले भने ।  

राष्ट्रिय सभाको अर्को बैठक बुधबार सवा १ बजे बस्नेछ । 





  • प्रकाशित मिति : चैत १६, २०८० शुक्रबार १७:३८:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया