लुम्बिनीमा २३ र २४ चैतमा अन्तर्राष्ट्रिय शान्ति मेला
फाइल तस्बिर

विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय शान्ति मेला ‘लुम्बिनी इन्टरनेशनल पिस फेस्टिबल’ आयोजना हुने भएको छ । लुम्बिनीको संस्कृतिक र ऐतिहासिक पक्षलाई अन्तर्राष्ट्रियरूपमा प्रचार–प्रसार गर्ने उद्देश्यले यही चैत २३ र २४ गते गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा मेला आयोजना हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

नेपालस्थित चिनियाँ राजदूतावास, नेपाल पर्यटन बोर्ड, नेपाल ओलम्पिक कमिटी र लुम्बिनी विकास कोषले संयुक्तरूपमा मेलाको आयोजना गर्न लागिएको हो । मेलामा म्याराथन दौड, ध्यान र सांस्कृतिक कार्यक्रमसहित प्रथम लुम्बिनी अन्तर्राष्ट्रिय मेला आयोजना गर्न लागिको आयोजकले जनाएको छ ।

लुम्बिनीको महत्वबारे विश्वभर थप प्रचार–प्रसार गरी बढीभन्दा बढी विदेशी पर्यटक आकर्षण गर्ने उद्देश्यले मेला आयोजना गरिएको पूर्वपर्यटनमन्त्री एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले बताए । सम्मेलनले लुम्बिनीलाई विश्वको पर्यटन गन्तव्यको रूपमा विकास गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । ‘पर्यटन प्रवर्द्धनसँगै बुद्धको महत्वलाई संसारभर फैलाएर बढी सङ्ख्यामा पर्यटक आकर्षण गर्न मद्दत पुग्ने विश्वास लिएका छौँ,’ उनले भने ।

लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले लुम्बिनीको प्रवर्द्धन गरी विभिन्न मुलुकबाट पर्यटक आकर्षण गर्न मेला फलदायी हुने विश्वास व्यक्त गरे । 

बोर्डका निमित्त कार्यकारी प्रमुख नन्दिनी लाहे थापाले मुलुकको पर्यटन पुरानै लयमा फर्किएको सन्दर्भमा लुम्बिनीमा आयोजना गरिने मेलाले नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताए । 





  • प्रकाशित मिति : चैत १६, २०८० शुक्रबार २०:०:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया