खराब मौसमका कारण २ सयभन्दा बढी विदेशी पर्यटक मन्थलीमा रोकिए

विगत तीन दिनदेखि सोलखुम्बूको लुक्लामा मौसममा आएको खराबीका कारणले मन्थलीमा दुई सयभन्दा बढी विदेशी पर्यटक रोकिएका छन् । आज बिहानदेखि नै उडान नभएपछि लुक्ला जाने पर्यटक हेलिकोप्टर चार्टर गरेर सोलुको सुर्केसम्म गएका छन् । 

कोही पर्यटक मन्थलीबाट सडकमार्ग हुँदै गाडीमा फाप्लु गएको नागरिक उड्डयन प्राधिकरण रामेछापका निमित्त कार्यालय प्रमुख पूजा थापाले राससलाई बताए । 

‘सोलुखुम्बूको लुक्ला विमानस्थलमा भिजिबिलिटी कम हुँदा सीता, तारा र समिट एयरका विमान रामेछापको मन्थलीमै  होल्ड गरिएको छ’ नागरिक उड्डयन प्राधिकिरण मन्थलीका वरिष्ठ अधिकृत प्रज्ज्वल गुरागाईँले भने ।

केही दिनयता मौसममा आएको खराबीको कारण नियमित सहज उडान हुन सकिरहेको छैन । भिजिबिलिटी कम भएपछि अहिले रामेछाप विमानस्थलबाट हेलिकोप्टरले चार्टर उडान गरिरहेको हो । 

गुरागाईंका अनुसार ‘यहाँबाट हेलीले सोलुकै सुर्के उडान गरिरहेको छ । २ सय जनाभन्दा बढी यात्रु मन्थली मै रोकिएका छन् । मन्थलीमा कुनै समस्या छैन तर लुक्लाको मौसमले समस्या भएको कारण जहाज पठाउन सकिएको छैन । आज दिनभर रामेछापको आकाशमा हेलिकोप्टरको चार्टर उडान मात्र भएका छन् । 

 यही चैत १२ गतेदेखि रामेछाप विमानस्थल (मन्थली–लुक्ला) उडान सुरु भएको थियो । सगरमाथालगायत प्रवेश गर्ने पर्यटक मन्थलीसम्म गाडीमा ल्याएर यहाँबाट उडान हुँदै आएको छ । रासस 





  • प्रकाशित मिति : चैत १६, २०८० शुक्रबार २१:३१:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया