जंगली हात्तीको आक्रमणबाट झापामा फेरि एक महिलाको मृत्यु

जंगली हात्तीको आक्रमणबाट झापामा फेरि एक जना महिलाको मृत्यु भएको छ । कमल गाउँपालिका ५ की ५८ वर्षीया खड्गमाया माबोको गए राती हात्ती आक्रमणमा मृत्यु भएको हो । 

प्रहरीका अनुसार सुतिरहेको स्थानमा जंगली हात्ती आएर आक्रमण गर्न सुरु गरेपछि माबो घरबाट निस्किएर भागेकी थिइन् । भाग्दै गरेकी उनलाई हात्तीले लखेटेर आक्रमण गरेको थियो । शुक्रबार राती ११ बजेको समयमा हात्तीको आक्रमणमा परेकी उनको घटनास्थलमै मृत्यु भएको थियो । 

तीन दिन अघि शिवसताक्षी नगरपालिका–११ की ६० वर्षीया पवित्रा भेटुवालको पनि स्थानीय जंगलमा दाउरा खोज्न गएका बेला हात्तीको आक्रमणम मृत्यु भएको थियो । घटनामा घाइते भएका उनका श्रीमानको उपचार भइरहेको छ । 





  • प्रकाशित मिति : चैत १७, २०८० शनिबार १०:४१:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया