मनकामना जाँदै गरेको स्कारपियो दुर्घटना हुँदा एकको मृत्यु

सहिद लखन गाउँपालिका–३ घोर्लेस्वाँरामा आज दिउँसो स्कारपियो कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । नवलपरासीपूर्वबाट मझुवादेउराली हुँदै मनकामनातर्फ जाँदै गरेको ग१च ७६१९ नम्बरको स्कारपियो जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिए । 

दुर्घटनामा परी स्कारपियोमा सवार नवलपरासीपूर्व विनय त्रिवेणी गाउँपालिका–४ का ४५ वर्षीय शोभाखर गैरेको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका गैरेको तनहुँको आँबुुखैरेनीस्थित छिम्केश्वरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

उकालो बाटोमा गाडी चढ्न नसकेपछि अनियन्त्रित भई जिप सडकको नालीमा पल्टिएर दुर्घटनामा परेको थियो ।

स्कारपियो चालक नवलपरासीपूर्व विनयत्रिवेणी गाउँपालिका–४ घर भएका ४७ वर्षीय बेगबहादुर क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।





  • प्रकाशित मिति : चैत १७, २०८० शनिबार २०:१९:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया