बागमती प्रदेश सरकारमा एमालेको प्रवेश

बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । 

मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेशसभा संसदीय दलका नेता जगन्नाथ थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गरेका हुन् । 

नवनियुक्त मन्त्री थपलियालाई प्रदेश प्रमुख शर्माले आज साँझ पद तथा गोपनीयताको शपथ गराए । थपलिया दोस्रोपटक प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री बनेका हुन् । 

उनले यसअघि ०७९ पुस २६ गते सो मन्त्रालय सम्हालेका थिए । 





  • प्रकाशित मिति : चैत १७, २०८० शनिबार २०:४६:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया