logo-img

बाग्मतीका मुख्यमन्त्री जम्कट्टेलकाे पद धरापमा, यथास्थितिमा विश्वासकाे मत नदिने एसकाे निर्णय

बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले साेमबार विश्वासकाे मत लिने तयारी गरेका छन् । तर उनले यथास्थितिमा विश्वासको मत पाउने सम्भावना देखिएकाे छैन ।  

सरकारमा रहेकाे नेकपा (एकीकृत समाजवादी) मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई यथास्थितिमा विश्वासकाे मत नदिने भएको छ । आइतबार बसेको वाग्मती प्रदेशसभा एकीकृत समाजवादी संसदीय दलको बैठकले जम्कट्टेललाई यथास्थितिमा विश्वासको मत नदिने निर्णय गरेको हो ।

सबै प्रदेशमा भागबन्डा नटुंगिएको र बाग्मती प्रदेश सरकारमा पनि समान सहभागिता हुने सुनिश्चितता नभइसकेको भन्दै नेकपा एसले विश्वासको मत दिने पक्षमा आफूहरु नरहेकाे बताएकाे छ । 



माओवादी केन्द्र र एमालेले जुन-जुन निर्णय गर्छ, ती निर्णय मान्न आफूहरु बाध्य नहुने एसकाे दाबी छ । अन्य प्रदेशमा पनि विश्वासको मत लिनुपर्ने अवस्था रहेकाले कुन प्रदेश कसको नेतृत्वमा जाने यकिन नभएसम्म विश्वासको मत दिने पक्षमा नरहेकाे एसले जनाएकाे छ । 

मुख्यमन्त्री जम्कट्टेलले सोमबार १ बजे प्रदेशसभामा विश्वासको मत लिने कार्यसूची छ । उनलाई बहुमतका लागि ५६ मत आवश्यक पर्छ । 

कांग्रेस, राप्रपा, नेमकिपाले विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् । कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाका ३ सांसद छन् ।



प्रदेशसभामा एमालेको २७, माओवादी केन्द्र २१, नेकपा (एस) ७, हाम्रो नेपाली पार्टीको २ मत छ । एकीकृत समाजवादीले मत नदिए जम्कट्टेललाई विश्वास मत पुग्दैन ।



  • प्रकाशित मिति : चैत १८, २०८० आइतबार १७:३२:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया