नेपाल ‘ए’ ले दियो आयरल्याण्डलाई २१४ रनको लक्ष्य, आरिफले खेले ९३ रनको पारी

टी–२० सिरिजको अन्तिम तथा तेस्रो खेलमा नेपाल ‘ए’ ले पाहुना टिम आयरल्याण्ड ‘ए’ लाई २ सय १४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १३ रन बनायो । 

नेपाल ‘ए’ का लागि आरिफ शेखले उत्कृष्ट पारी खेले । ४८ बलको सामना गरेका उनले ७ चौका र ६ छक्कासहित अविजित ९३ रन बनाए । यस्तै, राशिद खानले १३ बलमा तीन छक्काको सहयोगमा २४ रनको आक्रामक इनिङ खेले । यस्तै, कमल सिंह ऐरीले  ७ बलमा दुई चौका र एक छक्कासहित अविजित १९ रन जोडे । 

त्यस्तै, बसिर अहमदले १९, पवन सर्राफले १३ र कप्तान विनोद भण्डारीले ११ रन बनाए । 

आयरल्याण्ड ‘ए’ का लागि फिओन ह्यान्डले ४ ओभरमा ४१ रन दिएर सर्वाधिक दुई विकेट लिए । तीन खेलको सिरिज नेपालले यसअघि नै गुमाइसकेको छ । नेपाल पहिलो र दोस्रो खेलमा क्रमशः २१ र ४० रनले पराजित भएको थियो । 
 





  • प्रकाशित मिति : चैत १९, २०८० साेमबार १४:४८:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया