logo-img

डिजी स्कुल ग्लोबल बंगलादेशमा पनि

एनसिसी–युके आधारित आइटी पाठ्यक्रमहरूको एक अग्रणी प्रदायक डिजी स्कुल ग्लोबलले आफ्नो विश्वव्यापी उपस्थिति विस्तार गरेको छ । कम्पनीले नेपाल बाहिर आफ्नो पहिलो फ्रेन्चाइज उद्यमको रुपमा डिजीस्कुल बंगलादेशसँग फ्रेन्चाइज सम्झौता गरेको छ ।

सन् २०२० मा स्थापना भएदेखि नै डिजीस्कुल ग्लोबल उच्च गुणस्तरको आइटी शिक्षा प्रदान गर्न अग्रपङ्क्तिमा रहेको छ । कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूका लागि तयार पारिएको पाठ्यक्रमका साथ डिजी स्कुलले नेपालमा आफ्नो उपस्थिति द्रुत गतिमा बढाएको छ । देशभरका एक सय ५० भन्दा बढी विद्यालयका ५० हजारभन्दा बढी विद्यार्थीहरूलाई सेवा दिँदै र शिक्षामा आफ्नो नवीन दृष्टिकोणका लागि डिजी स्कुलको आफ्नै पहिचान रहेको छ । 

‘डिजी स्कुल बंगलादेशसँग सहकार्यको यो नयाँ अध्याय सुरु गर्न पाउँदा हामी उत्साहित छौँ,’ डिजी स्कुल ग्लोबलका सिइओ राजु बानियाले भने, ‘नेपालमा हाम्रो सफलता,हाम्रो पाठ्यक्रमको प्रभावकारिता र हाम्रो टोलीको समर्पणको यो एउटा प्रमाण पनि हो । हामी बंगलादेशका विद्यार्थीहरूलाई समान स्तरको उत्कृष्टता प्रदान गर्न तत्पर छौँ ।’

सिइओ बानियाका अनुसार,डिजी स्कुल बंगलादेशसँगको फ्रेन्चाइज सम्झौताले डिजी स्कुलका लागि एक रणनीतिक कदमको सङ्केत गर्छ । यसले बढीभन्दा बढी विद्यार्थीमाझ पुग्न आइटी शिक्षामा आफ्नो स्थानलाई अझ बलियो बनाउन सक्षम बनाउँछ । बंगलादेशमा डिजी स्कुलको प्रमाणित मोडेलको कार्यान्वयनले विद्यार्थी र शिक्षकहरूका लागि नयाँ अवसरहरू सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

‘यो साझेदारीले डिजी स्कुलले स्थापनादेखि नै हासिल गरेका उपलब्धिहरूको आधारमा निर्माण गर्दछ, जसले वर्षौँ लगाएर हासिल गरेका उपलब्धितिर संकेत गर्दछ,’ सिइओ बानियाले भने, ‘एनसिसी–युकेमा आधारित आइटी पाठ्यक्रमको सफल सुरुवातदेखि नेपालमा यसको व्यापक रूपमा ग्रहण गर्न डिजी स्कुलले दक्षिण एसियाली बजारहरूमा शिक्षामा नवीनता र उत्कृष्टतालाई निरन्तरता दिइरहेको छ ।’ 





  • प्रकाशित मिति : चैत १९, २०८० साेमबार १७:४९:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया