विप्लवको दाबी : समाजवादबाट मात्र वर्तमान असन्तुष्टि समाधान सम्भव
फाइल तस्बिर

समाजवादी मोर्चाका संयोजक एवं नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले अहिलेका असन्तुष्टिलाई नेपाली विशेषताको समाजवादबाट मात्रै समाधान गर्न सकिने बताएका छन् । 

मंगलवार काठमाडौंमा आयोजित समाजवादी मोर्चाको अन्तरक्रिया कार्यक्रममा उनले आजका सबै समस्याको समाधान नेपाली विशेषताको समाजवादबाट मात्रै सम्भव रहेको उल्लेख गरेका हुन् । 

संयोजक चन्दले गणतन्त्रबाट विभिन्न उपलब्धि प्राप्त भएपछि पूर्ण हुन नसकेको जिकिर गरे । उनले समाजवादी, कम्युनिष्ट, कतातिरबाट अघि बढ्ने, कुन धारलाई हामीले जनताको बीचमा स्थापित गर्ने जनतालाई कसरी सुरक्षित गर्ने भन्नेकुरा मूल कुरा बनाएर अघि बढाउन जरुरी रहेको बताए । 

उनले समाजवादी मोर्चाले अस्थिरता ल्याउने नभइ स्थिरतातिर देशलाई अघि बढाउने दाबी गरे । संयोजक चन्दले आज भइरहेका असन्तुष्टि, समस्यालाई राजनीतिक, आर्थिक, सामाजिक कुरालाई अग्रगामी ढंगले समाधान गर्न समाजवादी मोर्चाले भूमिका खेल्ने बताए ।  

नेपालका कानुनी, प्रशासनिक, रोजगारी, उद्योगलगायतका क्षेत्रका समस्याको पहिचान गरी समाधान गर्नेतर्फ अग्रसर हुनुपर्ने बताए । संयोजक चन्दले आगामी दिनमा नयाँ शासन व्यवस्था, अर्थ व्यवस्थाको बहसबारे छलफल हुनुपर्ने पनि बताए । 





  • प्रकाशित मिति : चैत २०, २०८० मंगलबार १४:३७:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया