logo-img

व्यवसायीको अपहरणपछि हत्या : माओवादीका केन्द्रीय सदस्य खाम पक्राउ

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य कालीबहादुर खाम पक्राउ परेका छन्। 

कोटेश्वरका व्यवसायी रामहरि श्रेष्ठको अपहरणपछि हत्या गरेको आरोपमा उनी मंगलबार काठमाडौंबाट पक्राउ परेका हुन् । 

तत्कालीन माओवादी जनयुद्धका कमाण्डर रहेका खामलाई काठमाडौंको ठमेलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएकाे छ । उनी लामो समयदेखि श्रेष्ठको हत्या कसूरमा फरार रहँदै आएका थिए । 

सोही प्रकरणमा यसअघि पक्राउ परेका लडाकु कमाण्डर गोविन्दबहादुर बटाला भने पछि रिहा भएका थिए ।





  • प्रकाशित मिति : चैत २०, २०८० मंगलबार १६:१४:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया