टर्कीमा नाइट क्लबमा आगलागी : २९ जनाको मृत्यु

टर्कीको एक नाइट क्लबमा आगलागी हुँदा २९ जनाको मृत्यु भएको छ । इस्तानबुलको आवासीय क्षेत्रमा १६ तले भवनको बेसमेन्टमा नाइट क्लब रहेको थियो ।

टर्की समाचार एजेन्सी एन्देलोका अनुसार मंगलबार भएको आगलागीमा २९ जनाको मृत्यु भएको र अझ धेरै मानिस गम्भीर घाइते छन् । दुर्घटना हुँदा यो नाइट क्लब बन्द रहेको र मर्मत कार्य चलिरहेकाले मृत्यु हुनेमा सबै मजदुर रहेको आशंका गरिएको छ ।   

आगो बेसमेन्टको माथिल्लो तलामा पुग्दा त्यहाँ बस्ने केही मानिसको पनि मृत्यु भएको बताइएको छ । त्यहाँका गभर्नर दावुत गुलले दुर्घटनालाई षडयन्त्रको रूपमा आफूले लिएको बताएका छन् । उनले प्रहरीलाई सत्यतथ्य पत्ता लगाउन पनि भनेका छन् ।

घटनाबारे अनुसन्धानका लागि नाइट क्लबका सञ्चालकसहित पाँच जनालाई पक्राउ पनि गरिएको छ ।  





  • प्रकाशित मिति : चैत २१, २०८० बुधबार ९:१०:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया