logo-img

सरकारले बलजफ्ती गरे संसद् चल्न नदिने कांग्रेस महामन्त्री शर्माको चेतावनी

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीमा सहकारीको रकम हिनामिनामा संलग्न एउटा ‘कोर टिम’ नै रहेको आरोप लगाएको छन् । 

आज बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै महामन्त्री शर्माले कोर टिमले सहकारीको रकम ठगीमा संलग्न रहेको र पार्टी भित्रकै अर्को टोलीले ती गतिविधि ढाकछोप गरेको टिप्पणी पनि गरे ।  

शर्माले भने, ‘एउटा नयाँ बनेर आएको दलको ऊर्जालाई म सम्मान गर्दछु । तर, आज देश र दुनियाँले सुन्नेगरी म के आग्रह गर्दछु भन्दा त्यो पार्टी भित्र एउटा कोर टिम रहेछ । जो सहकारीको रकम ठगीमा संलग्न छ । अर्को एउटा कोर टिम रहेछ जो ढोकामा बसेर त्यस्ता गतिविधिको ढाकछोप गरिरहेको छ ।’



देशभरिका विभिन्न सहकारीबाट बचतकर्ताको अर्बौं रकम हिनामिना गरी फरार र रहेका गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जितेन्द्रबाबु राई गृहमन्त्री रवि लामिछानेको सम्पर्कमा रहेको दाबी गर्दै शर्माले राई मलेसिया रहेको उल्लेख गरे । 

उनले भने, ‘मैले आरोप लगाएको होइन, खोज्ने काम सरकारले गर्ला तर हामीले पाएको सूचनाअनुसार जिबी राई गृहमन्त्रीको सम्पर्कमा छन् । आकाशमा गएर लुक, पातालमा गएर लुक भनिदिने तर आफूसँग सम्पर्कमा राख्ने तथ्यमा हामी पुगिसकेका छौँ ।’

सरकार बलजफ्ती गरेर आए सदन चल्न नदिने शर्माको चेतावनी दिए । 





  • प्रकाशित मिति : चैत २१, २०८० बुधबार १२:१५:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया