logo-img

गगन थापाको आग्रह- सरकारले ल्याएको निजामती सेवासम्बन्धी विधेयकमा त्रुटि छ, छलफल गरौँ

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले ल्याएको संघीय निजामती सेवा विधेयकको डिजाइन नै गलत भएको टिप्पणी गरेका छन् । 

बुधबार प्रतिनिधि सभा बैठकमा सो विधेयकको सैद्धान्तिक पक्षमाथिको छलफलमा भाग लिँदै उनले सो विधेयकलाई सबै दलहरूले मिलेर निजामती सेवालाई बेष्ट बनाउने गरी छलफललाई अघि बढाउनुपर्ने प्रस्ताव समेत गरे । 


यो पक्ष वा त्यो पक्ष नभनी सो विधेयकलाई समितिमा लगेर छलफल गर्नका सबै राजनीतिक दलहरू अघि बढ्नुपर्ने महामन्त्री थापाको भनाई थियो । उनले सो विधेयकको उद्देश्य ठिक भएपनि त्यसलाई बोक्ने गरी विधेयक नआएको जिकिर पनि गरे । महामन्त्री थापाले निजामती सेवालाई आधुनिक बनाउनुपर्ने भएकाले पनि सो विधेयकमा व्यापक छलफल आवश्यक भएको बताए । 



उनले भने, ‘यसमा हामीले क्रस पार्टी काम गर्नुपर्नेछ । किनकि यो सरकार वा यो पक्ष वा त्यो पक्ष भन्ने कुरा मात्रै होइन, क्रस पार्टी काम गरेर हामीले वेस्ट हामीले हाम्रो निजामती सेवालाई कसरी बनाउने ? हामी सबैले यसमा अनुभव गरेर आएका छौँ । हामी सबैले यसका सीमाहरू बुझेका छौँ । यसलाई सदन भित्र समितिमा लगेपछि त्यही अनुरूप काम गरौँ भन्ने एउटा प्रस्ताव पनि राख्न चाहन्छु ।’

महामन्त्री थापाले निजामती सेवाका कर्मचारीलाई सन्तुष्ट बनाउने गरी ऐन ल्याउनुपर्ने पनि बताए ।  





  • प्रकाशित मिति : चैत २१, २०८० बुधबार १६:३:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया