logo-img

माओवादी सांसद आलेमगरको गुनासो- देशमा इमानदारिताको खडेरी लाग्यो

राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद सुरेशकुमार आलेमगर राजनीतिक दलहरूमा इमानदारिताको कमी भएको बताएका छन् । बुधबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । 

उनले देशमा नै इमानदारिताको खडेरी लागेको बताए । उनले पर्याप्त श्रोत साधन नहुनु र बजेट निर्माण गर्नै कठिन हुने गरेको भन्दै उनले बजेट निकासी गर्दा आफूलाई राम्रो हुने ठाउँमा मात्रै निकासी गर्ने गरेको बताए । उनले बजेट विनियोजनमा इमानदारिता देखाउन नसक्दा पुँजीगत खर्च नभएको जिकिर गरे । 

उनले भने, ‘यो देशमा इमानदारिताको खडेरी परेको छ । पहिलो कुरा त हामीसँग श्रोत, साधन नै छैन । बजेट निर्माण नै हुँदैन । बजेट पुग्दैन । बजेट निकासा हुँदैन । तर जहाँ बजेट निकासा हुन्छ, जहाँ बजेट विनियम हुन्छ, त्यो क्षेत्रमा पनि निर्माण भएको हुँदैन । बजेट खर्च हुँदैन । पुँजीगत रकम खर्च भएको हुँदैन । त्यसको लागि योग्यता क्षमताको कुरा होइन, इमानदारिता चाहिन्छ । यो इमानदारिता मैले यहाँ देखिन । त्यसैले जुन बजेट छ, त्यो खर्च गर्न सकिएन । सम्बन्धित व्यक्तिहरूले, नेताहरूले, कर्मचारीहरूले आफूले जहाँ फाइदा हुन्छ, त्यहाँ खर्च गरेका हुन्छन्, जहाँ कमिसन पाइन्छ, जहाँ खान पाइन्छ, त्यहाँ मात्रै बजेट खर्च गरेका हुन्छन्, जहाँ पाइँदैन, त्यहाँ खर्च गरेका हुँदैन, त्यस कारण पुँजीगत खर्च गर्न सकेनौँ ।’

उनले नेताहरूले आफूले कमिसन खान पाउने ठाउँमा मात्रै बजेट खर्च गरिदिँदा समस्या आएको बताए ।  





  • प्रकाशित मिति : चैत २१, २०८० बुधबार १६:३५:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया