अब हिजोको इतिहास भजाएर मात्रै हुँदैन : ईश्वर पोखरेल
‘दक्षिणपन्थी शक्तिलाई बल पुर्याउनेसँग एकता हुनै सक्दैन’
फाइल तस्बिर

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उत्पादन, रोजगारी, सीप र स्वरोजगारलाई अगाडि बढाउनुपर्ने बताएका छन् । नेकपा (एमाले) ललितपुरको नवौँ जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले हिजोको गौरवपूर्ण इतिहास भजाएर मात्रै हुँदैन भन्दै अबको पार्टी नेतृत्वले स्थानीय जनताको समृद्धि हासिलमा जोड दिनुपर्ने बताए ।  

‘अब हिजोको गौरवपूर्ण इतिहास भजाएर मात्रै हुँदैन । अब जनताको समृद्धिका लागि काम नगर्ने हो भने राजनीतिक शुभकामना मात्रै सार्थक हुन सक्दैन, हिजो जेलनेल भोग्नुपर्‍यो, त्यो बेलाको आवश्यकता थियो, अहिले विचार बोकेको आधारमा कोही दण्डित हुँदैन, निर्वासित हुँदैन, जेल जानु पर्दैन,’ पोखरेलले भने, ‘अहिले अवस्था बदलिएको छ । अब राजनीतिक अधिकारका कुराभन्दा पनि समृद्धिको एजेन्डामा एमालेले आफूलाई अगाडि बढाउनुपर्छ, विकास निर्माणको मुद्दामा अगुवाइ गर्दै समृद्धि प्राप्तिका लागि अगाडि बढ्नुपर्छ ।’ 

नीति र केन्द्रीय नेतृत्वमा विवाद नरहेको उल्लेख गर्दै उनले स्थानीयस्तरबाट पार्टीमा कृत्रिम विवाद सिर्जना गरिनु हुँदैन भन्ने धारणा राखे । वरिष्ठ उपाध्यक्ष पोखरेलले विगतको कार्यक्रमको लेखजोखासहित भविष्यको योजना तय गर्दै योग्य नेतृत्व चयन गर्न आग्रह गरे ।

वाम एकताको प्रसङ्ग कोट्याउँदै उनले विचार मिल्न सकेन भने वाम एकता मात्रै भनेर हुँदैन भन्दै कम्युनिष्टका नाममा दक्षिणपन्थी शक्तिलाई बल पुर्याउनेसँग एकता हुनै नसक्ने बताए । 





  • प्रकाशित मिति : चैत २३, २०८० शुक्रबार २२:१९:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया